३२हातको य:सिं शनिबार बिहानको शुभसाइतमा तानेर नगर प्रवेश गराइए

Logo
जय कामत प्रकाशित शनिबार, आश्विन ०६, २०८०

बिराटनगर। काठमाडौँमा  इन्द्रजात्रा (यया:) का लागि य:सिंलाई तत्कालीन कान्तिपुर नगरको पूर्वी प्रवेशद्वार रहेको भोटाहिटीबाट तानेर नगर प्रवेश गराइएको छ। भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको य:सिं शनिबार बिहानको शुभसाइतमा तानेर नगर प्रवेश गराइएको हो।

य:सिंलाई भोटाहिटीबाट असन, इन्द्रचोक हुँदै हनुमानढोका पूर्याइएको छ । अब हनुमानढोकामा य:सिं ठड्याएर इन्द्रध्वजोत्थान गरिनेछ। यही दिनदेखि काठमाडौँ उपत्यकामा इन्द्रजात्रा सुरु हुन्छ।

त्यस्तै ‘क्व:नेया’ (तल्लो टोलमा) जीवित देवी कुमार र जीवित देवहरु गणेश र भैरवको रथ यात्रा हुनेछ। रथ यात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेकाहरूको सम्झनामा रथ यात्रा भएकै बाटो हुँदै ‘दागीं’ र त्यसपछि ‘बहुमत:’ ल्याउने परम्परा रहेको छ।

यसैगरी कुमारी, भैरव र गणेशलाई थ:नेया (माथिल्लो टोलमा रथ यात्रा) गराइन्छ। त्यपछि नानिचा: यात्रा पछि हनुमानढोका ठड्याइएको य:सिं ढालेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश