भूकम्पका कारण बझाङमा ६ जना घाइते

Logo
सुशान्त खबर प्रकाशित मंगलबार, आश्विन १६, २०८०

 विराटनगर : आज दिउँसो गएको भूकम्पका कारण बझाङमा ६ जना घाइते भएका छन् ।  चैनपुर केन्द्रविन्दु भएर आएको भूकम्पका कारण ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सत्यवादी मावि भोपुरका चार विद्यार्थीसहित ५ जना र केदारस्युँ गाउँपालिकाका एक जना गरी ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक  दिपेश चौधरिले जानकारी गराएका छन् । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीयका अनुसार अहिलेसम्म भूकम्पबाट दुर्गाथली गाउँपालिका, तल्कोट गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिकाका विभिन्न पुराना सरकारी कार्यालय, विद्यालयहरु र घरहरु भत्किएका छन् । ३ बजेर ६ मिनेट जाँदा बझाङको तालकोट केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प जाँदा तलकोट गाउँपालिकामा क्षति पुर्याएको छ । भूकम्पको विस्तृत विवरण आउन बाँकी भूकम्प मापन केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश