

विराटनगर :-जनकपुरको तिरहुतिया गाछीमा आज भूमि फोक फेस्ट नामक साँगितिक कार्यक्रम हुने भएको छ ।
भूमि मिडिया प्रा.लि.को आयोजनामा शुक्रबार हुने सो लोक महोत्सवमा भोजपुरी सिने जगतकी चर्चित कलाकार कल्पना पटवारी आउने भएकी छन् ।
भोजपुरी गायनमा वरिष्ठ गायकको दर्जा पाएकी चर्चित एवम् प्रसिद्ध गायिका कल्पना पटवारीको प्रस्तुति हुने भएपछि हजारौँको सँख्यामा भीड ओर्लने आयोजकहरुको अनुमान रहेको छ ।उनै कल्पनाले एक दसक भक्ती सास्कृतिक गाएनमा एक छत्र राज गरेकीथिन फोक गीतमा अझै पनि उनै स्वरकी धनी कल्पनाकै एकछत्र राज बर्करार रहिआएको छ ।
भूमि फोक फेष्टमा कल्पना पटवारीसहित गायक ललित कामत, शिवानी भगत, देव अहिराव, नेपाली मोडेलहरु, सिने जगतका कलाकारहरुलगायत दर्जन बढी चर्चित कलाकारहरुले प्रस्तुति दिने भएको छ । कार्यक्रममा माटोपानीसँग जोडिएको साँस्कृति कार्यक्रम हुनेछ ।
आयोजकले दिएको जानकारी अनुसार कार्यक्रम दिउँसो २ बजेदेखि सुरु हुने छ । भने कार्यक्रमको एन्करिङ सँचारकर्मीद्धय घनश्याम मिश्रा र रिन्कु गायत्री मिश्राले गर्ने भएको छ ।