गृह मन्त्रालयले टिकटकमार्फत अश्लील सामग्री राख्नेलाई

Logo
सुशान्त खबर प्रकाशित सोमबार, कार्तिक २०, २०८०

विराटनगर :- गृह मन्त्रालयले टिकटकमार्फत अश्लील सामग्री राख्नेलाई कानूनी दायरामा ल्याउने तयारी अघि बढाएको छ ।

मन्त्रालयले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जाल टिकटकमार्फत सामाजिक सद्भाव विगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव विगार्ने र अश्लील खालका गतिविधि तथा सामग्री राख्ने र त्यस्ता कार्य गर्ने व्यक्ति पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउने जनाएको हो ।

त्यसैले जिम्मेवार नागरिकको रुपमा कानूनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नविगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानूनी कार्य गरेवापत हुने कानूनी कारवाहीबाट बच्न सम्बन्धित सबैमा अनुरोध गरिएको मन्त्रालयका सहसचिव एवम प्रवक्ता नारायण भट्टराईले जारी गरेको विज्ञप्तीमा भनिएको छ । उनका अनुसार सम्बन्धित निकायसँग छलफल गरेपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

नेपाल प्रहरीको साइवर व्युरो लगायत सरकारी निकाय र टिकटकको कार्यालय, सिंगापुरबीच सहकार्य बढाउने उद्देश्यले गत शुक्रबार गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय लगायतका सरकारी निकाय एवम् टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिबीच छलफल भएको थियो । छलफलमा सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि त्यसमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन र दोषीउपर कानून बमोजिम कारबाही गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

टिकटक लगायतका सामाजिक सञ्जाल पछिल्लो समय व्यक्तिगत तथा सामाजिक जीवनका अभिन्न अंग जस्तै बनेका भनेको र यिनीहरुको मर्यादित र कानूनसम्मत प्रयोगले नयाँ कुरा जानकारी लिन दिन र सामाजिक सम्पर्कमा रहन सहयोग पुर्याउँदै आएको छ ।

तर, सामाजिक सञ्जालमा संप्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै कतिपय अवस्थामा व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था विगार्ने, जातीय, भाषिक, धार्मिक सदभाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गरेको मन्त्रालयलको ठहर छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश