

विराटनगर – धनुषामा रेलले कचिेर एक वृद्धको मृत्यु भएको छ । धनुषा जल्लिाको विदेह नगरपालकिामा ९० वर्षीया विन्देश्वर दासको रेलले किचेर मृत्यु भएको हो ।
मङ्गलबार बहिान ९ः३० बजे दासको रेलले किचेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक रन्जन अवाले जानकारी गराएका हुन । मृतक दासको घर भारतको मधुबन्नी जिल्लाको जयनगर, बेल्ही रेहेको प्रहरी नायब उपरीक्षक अवाले बताए ।
उनका अनुसार बैदेहि स्टेशन नजिकै रहेको पुलको रेल्वे लकिमा बाटो काट्ने क्रममा रेलले किचेर दासको मृत्यु भएको हो । रेल धनुषाको कुर्थाबाट बहिान ८ः३० बजे जयनगरका लागि छुटेको थियो ।