

विराटनगर :- पर्सा प्रहरीले १० कठ्ठा खेतमा लगाइएको गाँजाको विरुवा नष्ट गरेको छ । पर्साको ठोरी गाउँपालिकाको वडा नम्बर ३ र ४ मा अवैध रूपले लगाइएको लागुपदार्थ गाँजाको विरुवा प्रहरीले नष्ट गरेको प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारिगराए ।
बुधबार प्रहरी निरीक्षक सन्तोष राईको कमान्डमा खटिएको टोलीले करिब ८ हजार लागुपदार्थ गाँजाको बोट नष्ट गरेको पर्सा प्रहरी प्रवक्तासमेत रहेका थापाले बताए ।
लागुपदार्थ गाँजा खेतीमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ । ‘१० कठ्ठा जग्गामा लगाइएको लागुपदार्थ गाँजाका करिब ८ हजार बोट नष्ट गरिएको छ,’ प्रहरी नायब उपरीक्षक थापाले भने, ‘अवैध रूपले लागुपदार्थ गाँजा खेतीमा संलग्न रहेकाको पहिचान गरी कारबाही गरिने छ ।’