
धनकुटा:- नेपाल सरकार उध्याेग वाणिज्य तथा अापूर्ति मन्त्रालय ग्रामिण उध्म तथा विप्रेषण अायाेजना (समृद्दि) काे पुरक अनुदान सहयाेगमा तरकारि अार्पूर्ति श्रृङ्खला कार्यक्रम संकलन केन्द्र निर्माण गरेकाे छ ।
धनकुटा -९ स्थित प्रगति कृषक समुहकाे पाँचलाख २९० र समृद्दि अायाेजनाकाे पाँचलाख गरि दशलाख २९० कुल बजेटमा उक्त केन्द्र निर्माण गरिएकाे अायाेजनाका अापूर्ति श्रृखला सुपरभाईजर रजत पाेख्रेलले जानकारी दिए ।
उक्त समृद्दि अायाेजना र प्रगति कृषक समुह बिच सहलगानीमा सञ्चालित संकलन केन्द्रकाे अाज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएकाे छ ।
तरकारीकाे सामुहिक बजार संचालनकालागि सामुहिक संकलन केन्द्र निर्माण गरिएकाे हाे ।
प्रगति कृषक समुह काे अायाेजना र समृद्दि अायाेजना, धनपा ९ नम्वर वडा कार्यालय, जालपा देवि कृषि सहकारी संस्था लि. काे सहयाेगमा उक्त सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएकाे हाे ।
सामुहिक बजारिकरणमा ब्यापारि अाएर घर घरबाट सामान उठाउने गरेकाे अवस्थामा याे केन्द्र निर्माण पश्चात उत्पादित वस्तु टमटर, ब्राेकाउलीलगायतका उत्पादित बस्तुकाे मुल्यनिर्धारित गरि सामान किन वेच गर्न पाउँदा किसानका मुहारमा हासो छाएकाे छ ।
२०८० असाेज १५ गतेदेखि शुरू गरिएकाे उक्त अायाेजना २०८१ असार मसान्त सम्म अायाेजना सञ्चालन अवधी रहेकाे छ ।
धनकुटा जिल्ला स्थित धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका, शहिदभुमि गाउँपालिका र छथरजाेरपार्टी गाउँपालिकामा दुग्ध उत्पादक कृषक समुह ९ वटा, बाख्रा पालक कृषक समुह ६ वटा, तरकारी उत्पादक कृषक समुह १६ गरी ३१ वटा कृषि सँग सम्बन्धित कृषि समुहमा अनुदानका काम गरिरहेकाे अायाेजनाले जनाएकाे छ।
गरिवि, बैदेशिक राेजगारमा जाने लगायतहरूलाई पनि सहभागि गराउदै अाएकाे छ ।
४९ हजार रूपैयाँ बराबरकाे जालपादेवि कृषि सहकारी संस्थाले डिजिटल बाेर्ड समेत अनुदानमा सहयाेग गरेकाे छ ।
डिजिटलबाेर्डकाे समेत गरेर दशलाख ४९ हजार २९० र स्थानीयकाे श्रमदानमा केन्द्र निर्माण भएकाे पुरक अनुदान सम्बन्धि सुचना पार्टीमा उल्लेख छ ।
उक्त केन्द्रमा ३८ पुरूष र ८ महिला गरी ४६ घरधुरी संलग्न रहेका छन् ।
उक्त क्षेत्रमा २००० क्यारेट कुल वार्षिक तरकारी उत्पादन लक्ष्य समेत लिएकाे छ ।
९ नम्वर वडा कार्यालय, जालपादेवि कृषि सहकारी संस्था लि. , हेलभाटेस नेपाल,
कृषि उध्म केन्द्र नेपाललगायतकाे समन्वयमा
प्रगति कृषक समुहकाे अायाेजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएकाे हाे ।