

विराटनगर ।
नेपाल T10 च्याम्पीयनसिप क्रिकेट प्रतियोगिता विराटनगरमा आयोजना गरिने भएको छ । विराटनगर महानगरपालिका वार्ड ६ को आयोजनामा नेपाल T10 च्याम्पीयनसिप क्रिकेट प्रतियोगिता हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । विराटनगर ६ मा रहेको म्यारीलिबोन विराटनगर ज्वाला क्रिकेट ग्राउण्डमा मा रात्रिकालिन तथा दिवा समयमा आयोजना गर्न लागिएको आयोजक ले बताएको छ ।
‘प्रतियोगिताको पहिलो ५ लाख दोश्रो ले २ लाख र तेश्रो स्थान हाँसिल गर्ने टिमले नगद १ लाख र चौथो स्थान हाँसिल गर्ने ५० हजार राशि पाउने विराटनगर महानगरपालिकाका वार्ड न ६ का अध्यक्ष हरिश्चन्द्र सहनीले जानकारी गराए । सो प्रतियोगितामा ८ क्लवको सहभागिता रहने समेत सो पत्रकार सम्मेलनमा जानकारी दिइयो । १० ओभरको फर्मेटमा पहिलो पटक नेपाल t10 च्याम्पीयनसिप प्रतियोगिता हुने भएको हो । सो प्रतियोगिताको प्रत्यक्ष प्रशारण समेत गरिने भएको छ । आगामी जेष्ठ ११ गते देखी १९ गते सम्म सो प्रतियोगिता हुने भएको छ ।