विराटनगरको परोपकार घाटमा भोलिबाट हुन लगेको  सन्ध्याकालीन आरतीको सम्पुर्ण तयारी पूरा ।

Logo
सुशान्त खबर प्रकाशित बिहिबार, साउन २४, २०८१

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१ स्थित परोपकारधाम घाटमा सन्ध्याकालीन आरती हुने भएको छ ।

शुक्रबार (भोलि) देखि क्रमिक रुपमा सोमबार सम्म त्यसप्रस्थाप प्रतेक शुक्रबारकादिन पारेर सन्ध्यालीन आरती हुने भएको हो ।

परमार्थ सिंघिया आरती सेवा समितिले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर भोलिबाट आरतीको शुभारम्भ गर्न लागिएको जनाएको हो ।

आयोजक परमार्थ सिंघिया आरती सेवा समितिका संयोजक तथा पूर्वन्यायाधीश भीमेन्द्रबहादुर कार्कीले शुक्रबार कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आरतीको शुभारम्भ गर्ने छन् ।

शुक्रबार (भोलि) देखि चार दिन नियमित रूपमा हुने गंगा आरती त्यसपछि भने प्रत्येक शुक्रबार हुने संयोजक कार्कीले जनाए ।

शुक्रबार साँझ ६ः३० बजेदेखि ७ः१५ बजेसम्म सञ्चालन हुने आरतीमा पाँच जना आरती विशेषज्ञ गुरुबाट हुने उनले बताए ।

आरतीका संरक्षणकर्ता शंकर खरेलका अनुसार भोलि हुने शुभारम्भ कार्यक्रममा २५ हजारभन्दा बढी भक्तजन आउने आँकलन गरिएको छ ।

जसका लागि परोपकारघाटको सिंघिया नदिको वारिपारि आरती हेर्न आउने भक्तजनका लागि उभिने व्यवस्थित स्थानको व्यवस्थापन गरिएको छ ।

समितिले परमार्थ सिंघिया आरती सेवालाई व्यवस्थित रूपमा सञ्चालन गर्न र निरन्तरता दिन २ सय ५१ सदस्यीय मुल व्यवस्थापन समिति, ५१ सदस्यीय सल्लाहकार समिति र १३ सदस्यीय कार्यकारिणी समिति गठन गरिएको छ ।

शुक्रबारको परमार्थ सिंघिया आरतीमा विराटनगर–१२ स्थित पाञ्चाली मन्दिरका पिठाधीश स्वामी प्रपन्नाचार्य, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, कोशी प्रदेशका सांसद भीम पराजुली सहभागी हुने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश