बालेन शाह विराटनगरको श्रीराधाकृष्ण रथयात्रामा सहभागि नहुने

Logo
जय कामत प्रकाशित बिहिबार, भाद्र २१, २०८०

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विराटनगरको श्रीराधाकृष्ण रथयात्रामा सहभागि नहुने भएका छन् । आज विहीबार विराटनगरमा निस्कन लागेको ५५औं संस्करणको श्रीराधाकृष्ण रथयात्रामा बालेन शाह सहभागि हुने कार्यक्रम तय गरिएको थियो । तर काठामाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

विहीबार वडाध्यक्ष रिजाललाई श्रद्धाञ्जली दिने कार्यक्रम रहेकोले बालेन शाहको विराटनगर आउने कार्यक्रम स्थगन गरिएको हो । श्रीराधाकृष्ण रथयात्रामा बालेन शाह विराटनगर आउने कार्यक्रम तय भएपछि रथयात्रामा सहभागिता जनाउने सर्वसाधारणको संख्या बढ्ने अपेक्षा गर्दै मोरङ प्रशासनले सुरक्षा अवस्था बलियो बनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश