

बिराटनगर । यश वर्ष निकालिने रथ यात्रा २०८१ साल भाद्र ११ गते मंगलबार विराटनगरमा श्रीराधाकृष्ण रथयात्रा निकालिने तयारी थालिएको छ । श्रीकृष्ण जन्माष्टमीको भोली पल्ट विराटनगरमा श्रीराधाकृष्ण रथयात्रा निकालिने परम्परा छ । भाद्र १० गते सोमबार श्रीकृष्ण जन्माष्टमी पर्व परेको छ । भाद्र ११ गते मंगलबार श्रीराधाकृष्ण रथयात्रा निकालिने छ । १९८८ सालमा खटयात्राबाट सुरु भएको श्रीराधाकृष्ण रथयात्रा ९३ वर्षमा पुगेको छ ।
बिराटनगरमा निकालिने श्रीराधाकृष्ण रथयत्रा समारोहमा नेपाल अमात समाज कल्याण समिति मोरङ्गले पनि यस वर्ष पहिलो पटक आफ्नो सास्कृती झल्कने गरि झाकृ प्रदसनीसमेत ल्याउने भएको छ । यस अमात समुदाइको झाकृ प्रदर्सणको सम्पूर्ण जिम्मा नेपाल अमात समाज कल्याण समिति मोरङ्ग द्वारा नेपाल अमात समाज मोरङ जिल्ला युवा समितिलाई दिएको छ । यस झाकृ आयोजक समितिका संयोजक रामु राय अमातले जानकारी गराएका छन् ।
विराटनगर–१, पानीटन्कि स्थित श्रीराधाकृष्ण मन्दिरबाट निकालिने श्रीराधाकृष्ण रथयात्रा नगरक्षेत्रको परिक्रमा पछि पुनः राधाकृष्ण मन्दिरमा पुगेर रथयात्राको समापन गरिने परम्परा छ ।