

विराटनगर । अन्तराष्ट्रिय कृष्णभावनामृत संघ प्रभुपाद विराटनगर–१० ले श्रीकृष्ण जन्माष्टमी महोत्सव मनाउने भएको छ । सिटी प्यालेसमा विविध कार्यक्रम गरेर कृष्ण जन्माष्टमी मनाउन लागेको उपाध्यक्ष विपिन बिहारी दासले जानकारी दिए ।
भदौ १० गते सोमबार विभिन्न आत्मिक र धार्मिक कार्यक्रम गरेर बिहान साढे सात देखि राती १२ बजेसम्म मनाइने उनले बताए । कार्यक्रममा हजारौं भक्तजन सहभागि हुने उनले बताए ।
कार्यक्रमलाई भव्य बनाउन श्रीकृष्ण जन्माष्टमी २०८१ महोत्सव उप–समिति समेत गठन गरिएको उनले जानकारी दिए । प्रिन्स देवको संयोजकत्वमा ७ सदस्यीय उप–समिति गठन गरिएको उनले बताए ।