

झापा,। सोमवार साप्ताहिक बन्द हुने परंपरा तोड्दै बिर्तामोडको बजार आजदेखि सातै दिन खुल्ला रहने भएको छ। बिर्तामोड उद्योग वाणिज्य संघले चाडपर्वको बेला व्यापारीक गतिविधिलाई प्रोत्साहित गर्न यो निर्णय गरेको हो।
संघका अध्यक्ष राजु न्यौपाने र महासचिव कुशल खतिवडाले जारी गरेको विज्ञप्ति अनुसार, बिर्तामोडको बजार कात्तिक १८ गतेसम्म सातै दिन खुला रहनेछ। यस अवधिमा नेपालीहरूको प्रमुख पर्व विजयादशमी, दीपावली, र छठलगायतका चाडपर्वहरू पर्ने भएकाले व्यापार व्यवसायमा सुलभता प्रदान गर्ने लक्ष्य राखिएको छ।
विज्ञप्तिमा व्यवसायीलाई यस अवसरमा सुलभ दरमा व्यापार सञ्चालन गर्न अनुरोध गरिएको छ। यस निर्णयले उपभोक्ताहरूलाई सजिलो र सुलभ सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।