मिथिलाके बेटी भाग २ को विमोचन, पत्रकार र कलाकारलाई सम्मान

Logo
सुशान्त खबर प्रकाशित शुक्रबार, भाद्र २८, २०८१

सुनसरी सदरमुकाम इनरुवामा साहित्यकार झोटन मेहताद्वारा रचित मिथिलाके बेटी भाग २ को भव्यताका विमोचन सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि अनिल पोखरेल, अपन स्वर्ग नेपाल कला सांस्कृतिकका अध्यक्ष झोटन मेहता र अतिथि एसन मेहताले संयुक्त रूपमा गीतको विमोचन गरे।

कार्यक्रममा जनज न्यूज का पत्रकार देवराज यादव, गोरखापत्र दैनिक का जयकृष्ण यादव, र रासस का अजित कुमार झालाई सम्मान गरिएको थियो। साथै, कलाकार रंजित गुप्ता, राधा चौधरी, रबिना विकसहित १२ जना विशिष्ट व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको छ।

मिथिलाके बेटी भाग २ मैथिली तथा मधेसी समुदायको जनजीवन र छोरी चेलीले भोग्नुपरेको पीडालाई उजागर गर्ने गीत हो। यो गीत झोटन मेहताको रचना, हरुन रसिदको संगीत, र गायक वीरेंद्र झा तथा माला राजवंशीको स्वरमा प्रस्तुत भएको छ।

गीतमा कलाकार रबिना बिक, विजय माली, रंजित गुप्ता, अनिता मेहता, राज सिंह, पवन भौर, राधा चौधरीलगायतले अभिनय गरेका छन्। क्यामेरामा सुजित शाह, कलर रेनु चौधरी, र एडिटर पर्शुराम चौधरीको महत्त्वपूर्ण योगदान रहेको छ। गीतको निर्माण अपन स्वर्ग नेपाल बहुभाषिक चलचित्र महासंघ को प्राविधिक सहयोगमा भएको हो।

विमोचन तथा सम्मान समारोहमा साहित्यकार रमेन्द्र कोइराला, छविनाथ रिजाल, वीरेन्द्र झा, मृदुला झा, अर्जुन मेहतालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश