युवानेता अभिषेक गिरिद्वारा विपन्न परिवारलाई नगद तथा सामग्री सहयोग

Logo
जय कामत प्रकाशित शनिबार, भाद्र २९, २०८१

बिराटनगर। युवा समाजसेवी तथा नेता अभिषेक गिरिले बिराटनगरका एक असहाय र गरिब परिवारलाई नगद र सामग्री सहयोग गरेका छन्। गिरिले आफ्नो टिमसहित उक्त परिवारको घरमै पुगेर नगद, सिरक, र डसना हस्तान्तरण गरेका हुन्। सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै उनले भविष्यमा पनि सो परिवारलाई थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गिरि “कोशी सुधार अभियान” र “गिरि फाउन्डेसन” मार्फत निरन्तर रूपमा समाजमा रहेका विपन्न, गरिब, तथा असहाय वर्गको सेवा गर्दै आएका छन्। यस अभियानअन्तर्गत विभिन्न टोलमा स्वास्थ्य शिविरहरूको आयोजनाले स्वास्थ्य सेवा पहुँचमा पुगेका विपन्न वर्गले ठूलो राहत पाएका छन्।

यसअघि अभिषेक गिरिले बिराटनगरको राजमार्गमा सिटी रिक्सा सञ्चालनमा प्रतिबन्ध लगाउँदा आन्दोलनमा उत्रिएका सफारी चालकहरूको समर्थन गर्दै समाजमा आफ्नो लोकप्रियता बढाएका थिए। उनको समर्थनले स्थानिय सफारी चालकहरूलाई मनोबल दिएको थियो।

सहयोग प्राप्त गरेको परिवार लामो समयदेखि आर्थिक संकटमा थियो। अभिषेक गिरिले सो परिवारको अवस्था बुझी, आफ्नो टिमसहित आवश्यक सहयोग पुर्‍याएका हुन्। स्थानीय समुदायसँगको निकट सम्बन्ध राख्दै समाजको जीवनस्तर सुधारमा गिरिले महत्वपूर्ण भूमिका खेलेका छन्।

समाजमा गरिबी र असमानताका कारण उत्पन्न समस्याहरूलाई सम्बोधन गर्दै, उनले शिक्षा, स्वास्थ्य, र आर्थिक सहायता प्रदान गर्न विभिन्न अभियानहरू सञ्चालन गरिरहेका छन्। “समाजमा सबैले समान अवसर पाउनुपर्छ, र हामीसँग भएका स्रोत र साधनहरूको सदुपयोग गर्दै सकेसम्म धेरै व्यक्तिलाई सहयोग गर्नुपर्छ,” उनले भनेका छन्।

उनको यो प्रयासले समाजका कमजोर वर्गलाई आत्मनिर्भर बनाउन र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्न ठूलो योगदान पुर्‍याएको छ। बिराटनगरका अन्य क्षेत्रमा पनि यस्ता शिविर र सहयोग कार्यक्रमहरूको योजना बनिसकेको उनले बताए। गिरिको नेतृत्वमा गरिब तथा असहायहरूको आर्थिक र सामाजिक स्थितिमा सुधार ल्याउने प्रयासहरू निरन्तर अघि बढिरहेका छन्।

अभिषेक गिरिले युवाहरूलाई समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्दै, समाजसेवामा सहभागी गराउने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश