सप्तरीको भारदहमा सवारी दुर्घटना: १५ महिने बालकको मृत्यु, स्थानीयले अवरुद्ध गरे राजमार्ग

Logo
जय कामत प्रकाशित आइतबार, भाद्र ३०, २०८१

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित भारदहमा आइतबार बिहान भएको सवारी दुर्घटनामा १५ महिने बालकको ज्यान गएको छ। राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश नम्बर १–००२–००१ ज ३८६६ नम्बरको वीङ्गरले भारदहको कंकालिनी मन्दिर अगाडि पैदलयात्री ४५ वर्षीया अनितादेवी अधिकारी र उनका नाति आदर्श अधिकारीलाई ठक्कर दिएको थियो।

गम्भीर घाइते भएका दुवैलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइएको थियो, तर १५ महिने आदर्शको बाटोमै मृत्यु भयो। अनितादेवीको खुट्टासहित शरीरका अन्य भागमा चोट लागेको छ भने बालक आदर्शको टाउकोमा गम्भीर चोट लागेको थियो।

दुर्घटनापछि आक्रोशित स्थानीयले तीव्र गतिमा रहेको वीङ्गर चालकको लापरबाहीलाई दुर्घटनाको कारण बताउँदै बिहान ८ बजेदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। टायर बालेर प्रदर्शन गर्दै उनीहरूले पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन्।

यसैबीच, प्रहरीले वीङ्गर चालक अबदुल सतारलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

दुर्घटना घटनास्थलमा शान्ति सुरक्षाका लागि प्रहरी तैनाथ गरेका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश