नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

Logo
जय कामत प्रकाशित आइतबार, भाद्र ३०, २०८१

सोमबार बिहान १ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, र मट्टीतेलको मूल्यमा कटौती गरिएको हो। निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा ५ रुपैयाँ घटाएको घोषणा गरेको छ।

भारतीय आयल कर्पोरेसन (IOC) ले पठाएको नयाँ मूल्यसूची अनुसार नेपाल आयल निगमले मूल्य समायोजन गरेको हो। नयाँ मूल्य देशभरका विभिन्न स्थानमा लागू हुने निगमले जनाएको छ। निगमले मूल्य निर्धारणका लागि नेपाललाई तीनवटा वर्गमा विभाजन गरेको छ, जसले क्षेत्रअनुसार मूल्य फरक पर्न सक्नेछ।

पहिलो वर्गमा  अब पेट्रोलको भाउ १५६ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १४६ रूपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै दोस्रो वर्गमा  अब पेट्रोलको भाउ १५८ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १४८ रूपैयाँ पर्नेछ।

तेस्रो वर्गअन्तर्गत  अब पेट्रोलको भाउ १५९ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १४९ रूपैयाँ पर्नेछ।

नयाँ मूल्यसूचीले पेट्रोलियम पदार्थको मूल्यमा कमी आउँदा सर्वसाधारणलाई राहत दिने अपेक्षा गरिएको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सर्वसाधारणको दैनिकीमा प्रत्यक्ष असर गर्ने भएकाले यो मूल्य कटौतीलाई सकारात्मक कदमको रूपमा लिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश