सशस्त्र प्रहरी लौकहीद्वारा ६० हजार मूल्य बराबरका अबैध पटका बरामद

Logo
जय कामत प्रकाशित सोमबार, भाद्र ३१, २०८१

बिराटनगर । सुनसरीको कोशी गाउँपालिका वरपर खुल्ला सिमाना बाट लुकाइ छिपाइ ल्याउदै गरेको अवैध पटका  सशस्त्र प्रहरी बल, लौकहीले बरामद गरेको छ।

लौकहीस्थित सीमा सुरक्षा चौकीबाट खटिएको सशस्त्र प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको ६० हजारको पटका नियन्त्रणमा लिएको हो। चाडपर्व नजिकिँदै गर्दा अवैध रूपमा पटका तथा अन्य सामग्रीहरूको तस्करी बढ्न थालेको हुँदा सशस्त्र प्रहरी बल, लौकहीले सुरक्षा निगरानीलाई कडा बनाएको छ।

 सशस्त्र प्रहरी बल, लौकहीका अनुसार उक्त पटका कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइने छ। यस किसिमका अवैध वस्तुहरूको तस्करी नियन्त्रण गर्न  सशस्त्र प्रहरी बल, लौकहीले निरन्तर सतर्क रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश