मोहम्मद जयन्ती’को अवसरमा समाजसेवी अभिषेक गिरीद्वारा मुस्लिम समुदायलाई सहयोग

Logo
सुशान्त खबर प्रकाशित सोमबार, भाद्र ३१, २०८१

विराटनगर। कोशी सुधार अभियानका संयोजक तथा युवा नेता अभिषेक गिरीले इस्लाम धर्मालम्बीहरूको प्रमुख पर्व ‘मोहम्मद जयन्ती’को अवसरमा मुस्लिम समुदायलाई पानी र बिस्कुट वितरण गर्दै आपसी भाईचारा र सद्भावको सन्देश दिएका छन्। “सेवा नै धर्म हो” भन्ने नारासहित, विजुली अफिस अगाडि आयोजित यस कार्यक्रममा गिरीले धार्मिक एकता र सम्मानको महत्त्वलाई उजागर गरे।

कार्यक्रमका दौरान गिरीले, “मुस्लिम समुदायको यो पर्वमा हिन्दू धर्मावलम्बी भएर पनि सहानुभूति र एक्यबद्धता देखाउनु हाम्रो कर्तव्य हो,” भन्दै आपसी सद्भावलाई बलियो बनाउन धर्महरूले एकअर्काको सम्मान गर्नुपर्ने बताए। उनका अनुसार, यस प्रकारका क्रियाकलापले समाजमा धार्मिक सहिष्णुता र भाईचारा बढाउन सहयोग पुर्‍याउँछ। गिरीले मुस्लिम पर्वहरूमा लामो समयदेखि एकता र भाईचारा सन्देश फैलाउने प्रयास गरिरहेका छन्।

मोहम्मद जयन्तीको महत्त्व:-

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सवको रूपमा मनाइने ‘मोहम्मद जयन्ती’, जसलाई ‘इद मिलादुननबी’ र १२ रबी अव्वलका नामले पनि चिनिन्छ, मुस्लिम समुदायमा धूमधामका साथ मनाइन्छ। यस अवसरमा मुस्लिम समुदायले धार्मिक र सामाजिक गतिविधिहरूको आयोजना गर्दै एकअर्कामा शुभकामना साटासाट गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश