दुहवी नगरपालिकामा पाँच तल्ले बहुउद्देश्यीय भवनको निर्माण सुरु

Logo
जय कामत प्रकाशित शुक्रबार, आश्विन १८, २०८१

 

बिराटनगर । दुहवी नगरपालिकाले वार्ड नम्बर ५ मा रहेको आफनै जमिनमा पाँच तल्ले बहुउद्देश्यीय भवन निर्माण गर्न लागेको छ। यो भवनको निर्माण लागत करिब २० करोड २ लाख रुपैयाँ रहेको छ, जसमा भ्याट र कन्टिन्जेन्सी चार्ज पनि समावेश छ। यो परियोजना २०८३ असोज १० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

नगर प्रमुख बेद नारायण गच्छदारले नयाँ व्यापारिक भवनको शिलान्यास गर्दै यस भवनले दुहवी नगरपालिकालाई सुधारिएको नगरको रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। भवन निर्माण सम्पन्न भएपछि व्यवसायीहरुले कोठा भाडामा लिएर व्यापार गर्न सक्ने र यसले दुहवी बजारलाई चलायमान बनाउनुका साथै नगरपालिकाको आम्दानीको स्रोतमा पनि बृद्धि हुने विश्वास गरिएको छ।

नगर प्रमुख गच्छदारले नगरवासीलाई नगर विकासका हरेक काममा एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याउँदै, दुहवीलाई पूर्ण रूपमा सुधारिएको नगर बनाउन यो व्यापारिक भवन एक कदम भएको उल्लेख गरे। उनले यो परियोजना ल्याउनका लागि धेरै संघर्ष गर्नुपरेको स्मरण गराउँदै, नगरवासीहरूलाई परियोजनाको अनुगमन गर्न आग्रह गरे। तर, यसका लागि समिति गठन गर्न आवश्यक नरहेको बताउँदै उनले नगरवासीबाट प्रत्यक्ष सुझाव र सहयोगको अपेक्षा पनि गरे।

कार्यक्रममा दुहवी नगरपालिकाकी उपप्रमुख मेनुका पोखरेल खतिवडाले स्वागत मन्तव्य राखेकी थिइन् भने वडा नम्बर ५ का वडा अध्यक्ष रमेश रौनियार र विभिन्न दलका प्रतिनिधिहरूले पनि कार्यक्रमलाई सम्बोधन गरे।

टिडीएफ परियोजनाको सहकार्यमा बन्न लागेको यो भवनले दुहवी नगरपालिकाको समग्र विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश