विराटनगरमा होटल संचालकमाथि खुकुरी प्रहार, आक्रमणकारी फरार

Logo
जय कामत प्रकाशित मंगलबार, आश्विन २९, २०८१

विराटनगर । विराटनगरको रोडशेष उत्तरस्थित भूमि प्रशासन चोक नजिकै रहेको मुन होटलका संचालक दिलिपकुमार भगतमाथि खुकुरी प्रहार भएको छ। भगतमाथि  साँझ ६ बजेतिर दुई जनाको समूहले आक्रमण गरेको हो।

खुकुरी प्रहारबाट भगतको हातमा चोट लागेको छ र उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अञ्चल  अस्पतालमा भर्ना गरिएको छ।

मोरङ प्रहरीले दिएको जानकारी अनुसार, विराटनगर-९ निवासी पवन दास र विनोद रायले भगतमाथि आक्रमण गरेका हुन्। आक्रमणपछि उनीहरू घटनास्थलबाट फरार भएका छन्। मोरङ प्रहरीका प्रवक्ता हेमराज ओलीका अनुसार उनीहरूको खोजी कार्य तिव्र बनाइएको बताएका छन्।

प्रहरीले पुरानो रिसिइबीकै कारण आक्रमण भएको आशङ्का गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता ओलिले बताए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश