

बिराटनगर । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका-१ मेवाखा स्थित मेची राजमार्गमा अवैध मदिरा बोकेको सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ। कात्तिक ५ गते बेलुका प्रहरी चौकी मेवाखाबाट खटिएको टोलीले चेकजाँचको क्रममा इलामको फिक्कलबाट ताप्लेजुङतर्फ जाँदै गरेको मे. १ च ४२१४ नम्बरको पिकअप गाडीमा ५० कार्टुन सिक्किमे मदिरा बरामद गरेको हो।
बरामद भएको मदिरा, सवारी साधन, र मदिरा ओसारपसारमा संलग्न बुद्धशान्ती गाउँपालिका-३ का महेन्द्र बर्देवा र चालक सनम राईलाई आवश्यक कानूनी कारवाहीका लागि पशुपतिनगर भन्सार कार्यालय, इलाममा बुझाइएको छ।