मोरङ्गमा जुवा खेलिरहेको अवस्थामा २० जना नियन्त्रणमा, नगद र ताससहित बरामद

Logo
जय कामत प्रकाशित बिहिबार, कार्तिक २२, २०८१

बिराटनगर । मोरङ जिल्ला प्रहरीले विशेष सूचनाका आधारमा विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकामा जुवा (तास) खेलिरहेको अवस्थामा दुई स्थानबाट २० जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

विराटनगर महानगरपालिका, वडा नं. ६, भट्टिमोडमा छापामिति २०८१।०७।२१ गते राति २३:३० बजे विराटनगर महानगरपालिका वडा नं. ६ स्थित विशाल देवान राईको घरमा जुवा खेलिरहेको विशेष जानकारीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले छापा मारी १२ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरी टोलीले उनीहरूबाट १ बुक तास र नगद रु.५४,७१०।– बरामद गरेको छ। पक्राउ परेकाहरूमा:

१) विमल मण्डल वर्ष ३६, विराटनगर मनपा-२

२) गंगाराम मण्डल वर्ष ५५), विराटनगर मनपा-६

३) राजेश काफ्ले वर्ष ३७), विराटनगर मनपा-११

४) मन बहादुर कार्की वर्ष ५५), विराटनगर मनपा-६

५) भोला सहनी वर्ष ३२)

६) रबि कुमार महतो वर्ष ३२)

७) राम कुमार सहनी वर्ष ४१)

८) शिव कुमार सहनी वर्ष ३६), विराटनगर मनपा-११

९) शम्भु सहनी वर्ष २८), विराटनगर मनपा-६

१०) बिशाल सहनी वर्ष २४), विराटनगर मनपा-११

११) संजीव सहनी वर्ष ३०)

१२) भरत कुमार राई वर्ष ३९), खोटाङ दिक्तेल मझुवागढी-१४समेत छन्।

 

कटहरी गाउँपालिका वडा नं. २ मा पनि छापा

त्यसैगरी,  कटहरी गाउँपालिका वडा नं. २ स्थित प्रभु कुमार साहको घरमा पनि जुवा खेलिरहेको जानकारीको आधारमा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ। सोही स्थानबाट ३ बुक तास, नेपाली नगद रु.१,१९,५००।– र भारतीय नगद रु.४,६००।– समेत बरामद गरिएको छ। पक्राउ परेकाहरूमा:

१) सरोज ठाकुर वर्ष ३२),

२) सुजन साह वर्ष २८)

३) सुधीर बोहरा वर्ष ६३)

४) प्रदिप कुमार साह वर्ष ४६)

५) नारायण साह वर्ष ४९)

६) शंकर साह वर्ष ५३)

७) सञ्जय रौनियार वर्ष ३०)

८) प्रभु कुमार साह वर्ष ५८)

(घरधनी)

पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश