बिराटनगरमा एक महिनामा ५० भन्दा बढि मोटरसाईकल चोरी खोजी कार्यतिव्र

Logo
जय कामत प्रकाशित आइतबार, भाद्र २४, २०८०

बिराटनगरमा एक महिनामा ५० भन्दा बढि मोटरसाईकल चोरी भएको छ । विराटनगरको नगरक्षेत्र भित्र सडक मार्ग र विराटनगर महानगरपालिकाको पार्किङ स्थलमा राखेको मोटरसाईकल चोरी भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरबाट चोरी भएको मोटरसाईकलबारे अनुसन्धान भईरहेको जानकारी गराएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डि.एस.पि. रंजनकुमार दाहालले विराटनगरको नगरक्षेत्रबाट चोरी भएको मोटरसाईकलको बारेमा अनुसन्धान भईरहेको बताए । उनले मोरटरसाईकल चोरीमा संलग्न विभिन्न समूहका व्यक्तिहरु पक्राउ गरिएको बताए । पक्राउ गरिएका केही समूह पुपक्षकालागि जेल चलान भएको र केही समूहलाई प्रहरी नियन्त्रणमा राखेर अनुसन्धान जारी रहेको बताए ।

विराटनगरबाट चोरी भएको मोटरसाईकल धनीले आफ्नो सवारी साधन चोरी भएको १÷२ घण्टा पछि थाहापाउने र चोरी भएको मोटरसाईकल १० देखि २० मिनेट भित्र भारत पुगिसक्ने भएकोले चोरीमा संलग्न समूहलाई पक्राउ गर्न समय लाग्ने गरेको बताए । तर पनि मोरङ प्रहरीले विशेष टोली परिचालन गरेर संख्यास्पद स्थानमा छापामार्नेदेखि मोटरसाईकल चोरीमा संलग्न समूहलाई नियन्त्रणमा लिने काम जारी रहेको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश