विराटनगरमा ४३ किलोमिटर चक्रपथ सडक योजना सुरु भएको २६ वर्ष बनेन्न अझै चक्रपथ

Logo
जय कामत प्रकाशित आइतबार, भाद्र २४, २०८०

मोरङको विराटनगरमा ४३ किलोमिटर चक्रपथ सडक योजना सुरु भएको २६ वर्ष भयो । तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदारले बहुवर्षीय योजनाअन्तर्गत ०५४ मा सुरु गरेको चक्रपथको अहिलेसम्म ट्रयाकसमेत पूरै खुलेको छैन । बरु ४२ करोडको लागत बढेर पाँच अर्ब पुगेको छ ।

दक्षिणतर्फ नेपाल–भारत सिमानामा पर्ने रानीदेखि उत्तरमा कटहरी गाउँपालिकाको कटहरी, ग्रामथान गाउँपालिकाको झोराहाट हुँदै पश्चिमततर्फ बुढीगंगा गाउँपालिकाको हात्तीमुढा भएर दक्षिणतर्फ विराटनगरको इकराही, बखरी, दरैया हुँदै पुनः रानीमै जोड्ने योजना छ ।

तर, ग्रामथानको झोराहाट र विराटनगरको दरैयालगायत विभिन्न खण्डमा गरी करिब ६ किलोमिटर ट्रयाकसमेत खोलिएको छैन ।

तत्कालीन झोराहाट गाविस क्षेत्रको मुआब्जा विवाद अदालतमा पुगेको थियो । हाल मुआब्जा विवाद सकिए पनि बजेट अभावले जग्गासमेत अधिग्रहण हुन सकेको छैन ।

ट्रयाक खोलिएका कतिपय ठाउँ पनि पुरिएर सडकको स्वरूपमा देखिँदैन । वर्षौँसम्म सडकले पूर्णता नपाएपछि कटहरी क्षेत्रमा स्थानीयले ट्रयाक नै पुरेर खेतीपाती गर्न थालेका छन् । हात्तीमुढादेखि रानीसम्म खोलिएको ट्रयाक पुरिएको छ । २५ किलोमिटर ग्राभेल र १२ किलोमिटर कालोपत्रे पनि भत्किन थालिसकेको छ ।

पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशीलकुमार श्रेष्ठका अनुसार २६ वर्षअघि ४२ करोड ७१ लाख लागत अनुमान गरिएको सडक जग्गा अधिग्रहणमा भएको ढिलाइ र निर्माण सामग्रीको मूल्यवृद्धिका कारण अब अनुमानित पाँच अर्ब पुगेको छ । सहरी विकास कार्यालयले २५ करोड र पूर्वाधार विकास कार्यालयले ३५ लाख खर्च गरेका छन् ।

विराटनगरमा बढ्दो सवारी आवागमनको चापलाई कम गर्न ‘बाइपास रोड’ आवश्यक ठानेर २६ वर्षअघि नै चक्रपथको डिपिआर तयार गरी निर्माण थालिएको थियो । ०५४ मा तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदारले चक्रपथको शिलान्यास गरेका थिए । तर, पटक–पटक मन्त्री र उपप्रधानमन्त्री बनेका गच्छदारले निर्माण पूरा गराउन सकेनन् । सरकारी ढिलासुस्ती र जग्गा अधिग्रहणको समस्यासँगै बजेटको अभावले चक्रपथ निर्माणले निरन्तरता पाउन सकेन ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश