पार्टीको वैचारिक धार कमजोर बन्दै गएको टिप्पणी गर्दै त्यसलाई तिखो बनाउन देशव्यापी अभियान सञ्चालन

Logo
सुमित कुमार गौतम प्रकाशित शनिबार, फाल्गुण २४, २०८१


बिराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको वैचारिक धार कमजोर बन्दै गएको टिप्पणी गर्दै त्यसलाई तिखो बनाउन देशव्यापी अभियान सञ्चालन गरिरहेको बताएका छन्। उनले कांग्रेसका आम कार्यकर्ताहरूलाई पार्टी सुदृढीकरणका लागि साथ दिन आग्रह गरे।

डा. कोइरालाले कांग्रेसभित्र इमानदार कार्यकर्ताहरू बिस्तारै पाखा लाग्ने स्थिति आएको भन्दै चिन्ता व्यक्त गरे। उनले आगामी चुनावको मुख्य प्रतिस्पर्धी नेकपा (एमाले) रहेको संकेत गर्दै कांग्रेसलाई बलियो तयारीमा लाग्नुपर्ने आवश्यकता औंल्याए।

उनले भने, “आगामी चुनावको प्रतिस्पर्धी दलसँग अहिले सहकार्य गरेर अघि बढ्नुपरेको छ। यो अप्ठ्यारो र असहज अवस्थाको सामना कांग्रेस कार्यकर्ताहरूले गर्नु परिरहेको छ।” आम कार्यकर्ताहरू कांग्रेसले एक्लै चुनाव लड्नुपर्ने पक्षमा रहेको भन्दै त्यसका लागि गुटबन्दीको अन्त्य गरी पार्टीलाई सशक्त बनाउनुपर्ने धारणा राखे।

वर्तमान सरकार एमाले नेतृत्वको भए पनि कांग्रेसको भूमिका सहयोगी मात्र रहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। कोइरालाले भने, “ओलीजीसँग यो सरकार बन्नु भन्दा पहिले नै मैले भनेको थिएँ कि सरकार कांग्रेसको नेतृत्वमा हुनुपर्छ। तर अहिले सरकार एमालेको नेतृत्वमा बन्यो, कांग्रेस सहयोगी मात्र देखियो। यसरी चुनावको पूर्वतयारी राम्रो हुन सक्दैन।”

कार्यक्रममा बोल्दै उनले विदेशिएका नेपालीहरूको भूमिकालाई सकारात्मक रूपमा लिनुपर्ने बताए। उनले विदेश जानु गलत हो भन्ने जबरजस्ती धारणा बनाउन नहुने भन्दै रिटर्नी नेपालीहरूले देश विकासमा प्रभावकारी योगदान दिन सक्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश