अन्तर्राष्ट्रिय महिला दिवसको अबसरमा ९९ जना महिला प्रहरी कर्मचारीहरू पुरस्कृत

Logo
सुशान्त खबर प्रकाशित आइतबार, फाल्गुण २५, २०८१

बिराटनगर । ११५औं अन्तर्राष्ट्रिय महिला दिवस, २०८१ को अवसरमा कोशी प्रदेश अन्तर्गत विभिन्न प्रहरी कार्यालयमा कार्यरत ९९ जना महिला प्रहरी कर्मचारीहरू पुरस्कृत भएका छन्। नेपाल प्रहरीले महिला प्रहरीको मनोबल अभिवृद्धि गर्दै कार्य सम्पादनलाई पुरस्कृत गर्ने अभियानअनुसार उनीहरूलाई सम्मान गरेको हो।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा यस अन्तर्गतका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत रही अपराध अनुसन्धान, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, प्रशासन लगायतका शाखामा उल्लेखनीय योगदान दिने महिला प्रहरी निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक ३ जना, प्रहरी वरिष्ठ हवल्दार २ जना, प्रहरी हवल्दार १५ जना, प्रहरी सहायक हवल्दार २० जना, प्रहरी जवान ५७ जना, तथा प्रहरी कार्यालय सहयोगी १ जना गरी कुल ९९ जना महिला प्रहरी कर्मचारीहरू पुरस्कृत भएका हुन्।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले महिला प्रहरीको मनोबल उच्च राख्न तथा उनीहरूलाई कर्तव्यप्रति वफादार बनाउन यस्ता प्रेरणादायी योजनाहरू महत्वपूर्ण रहने बताएका छन्। उनले पुरस्कृत महिला प्रहरी कर्मचारीहरूलाई अझै उत्साहका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशनसमेत दिए।

महिला प्रहरी कर्मचारीहरूको उपस्थिति कानुनी रूपमा अनिवार्य गरिएसँगै, यस वर्ष कोशी प्रदेशमा पहिलोपटक नमूना रूपमा उनीहरूलाई पुरस्कृत गरिएको प्रहरी प्रमुख अधिकारीले बताए। यस वर्ष अन्तर्राष्ट्रिय महिला दिवस “सबै महिला तथा बालिकाका लागि: अधिकार, समानता र सशक्तीकरण” भन्ने नाराका साथ विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइयो।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश