विराटनगर नर्सिङ क्याम्पसको स्ववियु अध्यक्ष पदका लागि दीक्षा अधिकारीको उम्मेदवारी घोषणा

Logo
सुमित कुमार गौतम प्रकाशित सोमबार, फाल्गुण २६, २०८१

बिराटनगर । चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा विराटनगर नर्सिङ क्याम्पसको स्ववियु अध्यक्ष पदका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट दीक्षा अधिकारीले उम्मेदवारी घोषणा गरेकी छिन्।

स्ववियु निर्वाचनलाई लक्षित गरी अनेरास्ववियुले विभिन्न पदका उम्मेदवारहरूको टुंगो लगाइरहेका बेला अधिकारीको उम्मेदवारी औपचारिक रूपमा घोषणा गरिएको हो। विद्यार्थीहरूको हकहितका मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै अधिकारीले आगामी कार्यकालमा क्याम्पसमा शैक्षिक गुणस्तर सुधार, पूर्वाधार विकास तथा विद्यार्थी कल्याणका कार्यक्रम सञ्चालन गर्ने बताएकी छिन्।

स्ववियु निर्वाचन नजिकिँदै गर्दा क्याम्पसमा चुनावी माहोल तातेको छ। विभिन्न विद्यार्थी संगठनहरू आ–आफ्ना उम्मेदवार घोषणा गर्दै मतदाताको समर्थन जुटाउने प्रयासमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश