जिल्ला प्रसासन कार्यलय मोरङले शान्तिपूर्ण रूपमा होली खेल्न आग्रह

Logo
सुशान्त खबर प्रकाशित सोमबार, फाल्गुण २६, २०८१

बिराटनगर – हिन्दू धर्मावलम्बीहरूको प्रमुख चाडपर्वहरुमध्ये एकहो होलीपर्व चैत १ गते देशभर हर्षोल्लासका साथ मनाइँदैछ। रंग, प्रेम र आपसी सद्भावको प्रतीक मानिने यो पर्व विशेषगरी नेपाल र भारतका विभिन्न क्षेत्रमा उल्लासमय रूपमा मनाइन्छ।

पौराणिक मान्यता अनुसार, होली पर्व सत्य, न्याय र भक्तिको प्रतीक हो। प्रह्लादको अटुट भक्ति, भगवान कृष्ण र राधाबीचको रङ्गीन प्रेमकथा तथा भगवान शिव र कामदेवको प्रसंग यस पर्वसँग जोडिएका छन्। यी कथाहरूले असत्यमाथि सत्यको जित र प्रेमको शक्ति झल्काउँछ।

यस वर्ष सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रसासन कार्यलय मोरङ्ले शान्तिपूर्ण रूपमा होली मनाउन आग्रह गरेको छ। साथै, वातावरणमैत्री रंगहरू प्रयोग गर्न तथा अनावश्यक दुर्व्यवहार नगर्न स्थानीय प्रशासनले सबैलाई अपिल गरेको छ।

होलीले जाति, धर्म र समुदायको भिन्नता भुलेर सबैलाई एकआपसमा मिलाउने महत्वपूर्ण अवसर प्रदान गर्छ। आपसी सद्भाव र मेलमिलापको सन्देश दिने यो पर्वले नेपाली समाजमा अझ गहिरो एकता र भाइचाराको भावना स्थापित गर्ने विश्वास गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश