विराटनगर भन्सारमा दोहोरो नम्बर प्लेटको रहस्य: अनुसन्धान सुरु

Logo
दिलिप कुमार राजबंशी प्रकाशित मंगलबार, फाल्गुण २७, २०८१

बिराटनगर । विराटनगर भन्सार कार्यालयले काबरा ग्रुप अन्तर्गत क्वालिटी केम प्रा.लि.को सामान बोकेर आएका दुई ट्रकको एउटै नम्बर फेला परेपछि अनुसन्धान अघि बढाएको छ। भारतबाट कच्चा पदार्थ लिएर आएका भारतीय ट्रकको नम्बर प्लेट समान पाइएपछि दुवै ट्रक नियन्त्रणमा लिइएको हो।

भन्सार जाँचपासपछि उद्योगमा मालसामान अनलोड गरी फर्कने क्रममा रहेको ट्रक र भन्सार पार्किङमा जाँचका लागि रोकिएको ट्रकको नम्बर प्लेट समान देखिएपछि शंका उत्पन्न भएको थियो। भन्सार प्रमुख उमेश श्रेष्ठका अनुसार, भारतीय नम्बर प्लेट *आरजे १४ जीएच ०४३३६* भएका दुवै ट्रकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ।

भन्सार अधिकारीहरूका अनुसार, जब फर्कने क्रममा रहेको ट्रकको नम्बर इन्ट्री गरियो, सिस्टमले त्यही नम्बरको अर्को ट्रक पार्किङमा रहेको देखायो। दुवै ट्रकमा समान उद्योगको सामान रहेको पुष्टि भएपछि अनुसन्धानलाई तीव्रता दिइएको हो। प्रारम्भिक अनुसन्धानले नम्बर प्लेट दोहोऱ्याइ राजस्व छली गर्ने प्रयास भएको हुन सक्ने देखाएको छ।

यस घटनाबारे बुझ्न भन्सार कार्यालयले अनुसन्धान अधिकृत तोकेको छ। काबरा ग्रुपका बिपिन काबराले आफूहरू पनि घटनाको वास्तविकता नबुझी अचम्मित भएको प्रतिक्रिया दिएका छन्। ‘एउटा ट्रक खाली छ, अर्कोमा सामान छ भन्ने जानकारी मात्र आएको छ, थप बुझ्न आवश्यक छ,’ उनले भने।

भन्सार कार्यालयले अब यस घटनाका दोषी पहिचान गर्न आवश्यक छानबिन गर्ने जनाएको छ। राजस्व छली भएको पुष्टि भएमा कानुनी कारबाही अघि बढाइने छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश