हेटौंडामा प्रचण्डको तस्बिर जलाउने युवा नेता पक्राउ

Logo
दिलिप कुमार राजबंशी प्रकाशित आइतबार, चैत्र ०२, २०८१

बिराटनगर । शनिबार मकवानपुरको हेटौंडामा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन को जिल्ला अधिवेशनमा संगठनका सदस्य सचिव निराजन बम पलाँताले  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर जलाएका छन्।

उनले प्रचण्डको अभिव्यक्तिले देशलाई हिंसामा धकेल्न खोजेको भन्दै असन्तुष्टि जनाउँदै तस्बिरमा आगो लगाएका थिए। कार्यक्रमका क्रममा उनले पूर्वराजामाथि प्रचण्डले लगाएका आरोपहरू अस्वीकार्य रहेको बताए।

घटनापछि निराजन बमलाई चितवनको भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ। उनी काठमाडौं आउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो। गृहमन्त्री रमेश लेखकको सचिवालयले उनको पक्राउको पुष्टि गरेको छ।

तस्बिर जलाउने क्रममा गणतन्त्र मुर्दावाद जस्ता नारा लगाइएका थिए। कार्यक्रममा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंह लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश