

बिराटनगर । विराटनगर–१ शंकरचौकमा आइतबार अपरान्ह भएको आगलागीमा चार घर जलेका छन्। प्रारम्भिक अनुमानअनुसार, टिनको छानो र बाँसको बेरा भएको घरमा गुँइठाबाट आगो सल्किएको आशंका गरिएको छ।
स्थानीय अनवर अन्सारीसहित उनका तीन दाजुभाइ र अर्को एक व्यक्तिको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनास्थलमा महानगरपालिकाका तीनवटा दमकल परिचालन गरिएको थियो। यद्यपि, सुख्खा हावाका कारण आगो नियन्त्रणमा केही कठिनाइ भएको नगर प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए।
आगलागी अपरान्ह ४:४५ बजे सुरु भई दमकल र स्थानीयको प्रयासपछि नियन्त्रणमा लिइएको छ। क्षतिको विस्तृत विवरण आउन बाँकी छ।