स्ववियु निर्वाचन : त्रिवि आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा मतदान जारी

Logo
दिलिप कुमार राजबंशी प्रकाशित मंगलबार, चैत्र ०४, २०८१

विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पससहित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मतदान जारी छ। बिहान ८ः०० बजेदेखि सुरु भएको मतदान अपराह्न ४ः०० बजेसम्म हुनेछ।

महेन्द्र मोरङ क्याम्पसमा केही विवाद देखिए पनि निर्वाचन अघि बढिरहेको छ। उम्मेदवारहरूले क्याम्पस सुधार, डिजिटल प्रणालीको विकास, यातायात तथा छात्रावास सुविधाका मुद्दा उठाएका छन्।

प्रमुख उम्मेदवारहरू:

रोहित यादव (अखिल क्रान्तिकारी, अध्यक्ष पद) – विद्यार्थी हकहितका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता।

राकेशकुमार यादव (समाजवादी विद्यार्थी युनियन, सचिव पद) – क्याम्पसलाई डिजिटल बनाउने, छात्रावास र यातायात सुधार गर्ने योजना।

प्रज्वल विष्ट (नेपाल विद्यार्थी संघ, एमएसी) – विद्यार्थी समस्याको समाधान गर्दै अध्ययनका अवसरहरू विस्तार गर्ने लक्ष्य।

विद्यार्थीहरूमा स्ववियु निर्वाचनको उत्साह देखिएको छ, र विभिन्न संगठनहरू आ–आफ्नो घोषणापत्रसहित प्रतिस्पर्धा गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश