

ग्रेस इन्टरनेशनल कन्सल्टेन्सीले विराटनगरमा ‘ग्रेस एडु फेयर’ संचालन गरेको छ । फेयरमा विभिन्न ठाँउबाट आएका २५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । अष्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत (यूके) र न्यूजिल्याण्डका विभिन्न विश्वविद्यालय र कलेजहरुका प्रतिनिधिहरुले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई विभिन्न बिषयमा प्रत्यक्ष रुपमा जानकारी प्रदान गरेका थिए ।
व्रिटिस काउन्सिल, आइडिपी लगाएत संस्थाहरु मार्फत् विद्यार्थीहरुले छात्रवृत्ति समेत पाएका छन् । विदेश गई उच्च शिक्षा हासिल गर्ने उदेश्य लिएका विद्यार्थीहरुलाई सहजीकरण गर्दै छिटो छरितो र भरपर्दो तरिकाले विदेश पठाउन मद्धत गर्ने उदेश्यले एक दिवसिय फेयर संचालन गरिएको ग्रेस इन्टरनेशनका विराटनगर शाखाका प्रवन्धक प्रदिप बाँस्तोलाले बताए ।
‘ग्रेस इन्टरनेशनल उच्च शिक्षा अध्ययनका लागि विदेश पठाउने एक भरपर्दो संस्था भएकाले म फेयरमा सहभागी हुन आएको हुँ, यहाँ विदेश जानका लागि अपनाउनु पर्ने प्रकृया, लागत रकम, विदेश गई सकेपछि काम गर्दै के कसरी अध्ययन गर्न सकिन्छ लगायतका धेरै कुरा जानकारी पाएँ ।’ फेयरमा सहभागी एक विद्यार्थी निश्चल खत्रीले बताए ।
ग्रेस इन्टरनेशनलले विदेश गई अध्ययन गर्ने विद्यार्थीहरुको मनमा उत्पन्न भएका अनेकौ प्रश्नहरुलाई विभिन्न देशका विश्वविद्यालय र कलेजका प्रतिनिधि ल्याएर आफनै ठाउँमा साक्षात्कार गराई जानकारी दिएकोमा विराटनगर ३ का अभिभावक सुजन दाहालले ग्रेस इन्टरनेशनललाई धन्यवाद दिदै प्रसन्नता व्यक्त गरे ।
ग्रेस इन्टरनेशनल विगत १७ बर्ष देखी उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई विदेश पठाउने कन्सन्टेन्सी हो । ग्रेसबाट विदेश जानेलाई विदेशमा काम खोज्ने कार्यमा सहजीकरण गर्ने लगायत एडजसमेन्टमा समेत सहयोग गर्ने गर्दछ । विदेश जान चाहना राख्नेका लागि विश्वसनिय र अब्बल संस्था ग्रेसको नेपालका प्रमुख शहर लगाएत विश्वका आठ देशमा शाखाहरु रहका छन् ।