

जहदा, मोरङ – जहदा गाउँपालिकामा मंसिर २७ गतेदेखि सुरु भएको राष्ट्रिय परिचय पत्र वितरण कार्य हालसम्म पनि जारी रहेको छ। वितरणको क्रममा पाँच वडामा ५,१७७ वटा परिचय पत्र वितरण भइसकेको सूचना अधिकारी साबिर अन्सारीले जानकारी दिएका छन्।
वितरण विवरण:
वडा नं. १ – १,९६२
वडा नं. ७ – १,२७२
वडा नं. २ – ८०५
वडा नं. ५ – ६६९
वडा नं. ३ – ४६९
वितरण कार्य सुरु भएको झन्डै तीन महिना पुग्न लाग्दा पनि नागरिकहरू दिनभर लामो लाइनमा बस्नुपर्ने बाध्यताको गुनासो गरिरहेका छन्। अत्यधिक भीड, व्यवस्थापनको अभाव, तथा ढिलो वितरण प्रक्रियाले नागरिकहरूलाई हैरान बनाएको छ। कतिपयले काम छोडेर पालो कुर्नुपरेको बताएका छन्।
पालिका भने वितरण प्रक्रियामा चाप बढी भएका कारण ढिलाइ भएको बताएका छन्। “हामी सक्दो छिटो वितरण गरिरहेका छौं, तर नागरिकहरूको चाप धेरै भएकाले समय लागिरहेको छ,”
स्थानीयहरूले वितरण प्रणालीलाई थप व्यवस्थित गर्न, अनलाइन समय व्यवस्थापन लागू गर्न, र सम्भव भए घरमै वितरणको व्यवस्था गर्न माग गरेका छन्। पालीकाले भने नागरिकहरूलाई समयमा आफ्नो परिचय पत्र लिन आउन अनुरोध गरेका छन्।