महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका रोहित यादव विजयी

Logo
सुमित कुमार गौतम प्रकाशित बिहिबार, चैत्र ०६, २०८१

विराटनगर । पूर्वी नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महत्त्व बोकेको महेन्द्र मोरङ क्याम्पस, विराटनगरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार रोहित यादव विजयी भएका छन्।

निर्वाचनमा यादवले निकटतम प्रतिस्पर्धी प्रज्वल विष्टलाई पराजित गर्दै सभापतिको पद हासिल गरेका हुन्। अन्तिम नतिजा अनुसार, यादवले १,११८ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी विष्टले १,०७५ मत ल्याएका थिए।

स्ववियु निर्वाचनमा विजयी पदाधिकारीहरू :

१. अध्यक्ष: रोहित यादव (अखिल क्रान्तिकारी)
२. सचिव: सुदीक्षा थापा मगर (नेपाल विद्यार्थी संघ)
३. कोषाध्यक्ष: नरेश राय यादव (नेपाल विद्यार्थी संघ)
४. सदस्यहरू: गौतम कुमार मण्डल (अखिल क्रान्तिकारी)
मो. साहिन (नेपाल विद्यार्थी संघ
कौशलकुमार साह (तेली) (नेपाल विद्यार्थी संघ)
सुसान बस्नेत (नेपाल विद्यार्थी संघ)
नवीन बाबु तिवारी (नेपाल विद्यार्थी संघ)
रक्षक सुवेदी (नेपाल विद्यार्थी संघ)
रन्जिला काफ्ले (नेपाल विद्यार्थी संघ)
रामदत्त कुमार मेहता (नेपाल विद्यार्थी संघ)

यो नतिजासँगै अखिल क्रान्तिकारीले अध्यक्ष पदमा विजय हासिल गर्दै प्रभावशाली उपस्थिति जनाउन सफल भएको छ भने नेपाल विद्यार्थी संघले अन्य पदहरूमा पकड जमाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश