विप्लवको धारणा: गणतन्त्रभन्दा उन्नत व्यवस्था जनताको चाहना

Logo
जय कामत प्रकाशित बिहिबार, चैत्र ०६, २०८१

विराटनगर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गणतन्त्रभन्दा अझ उन्नत व्यवस्था जनताको चाहना रहेको बताएका छन्।

प्रेस सेन्टर मोरङद्वारा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले गणतन्त्रपछि पनि जनताका निराशा कायमै रहेको उल्लेख गरे। उनले समाजवादको आवश्यकतामा जोड दिँदै सम्पत्तिमाथिको अधिकार अझै जनतामा नआएकाले राजनीतिक व्यवस्था चरम अन्तरविरोधमा रहेको बताए।

उनका अनुसार सामन्तवाद अन्त्य भए पनि पुँजीवादी नियन्त्रणका कारण आमनागरिकलाई राहत पुग्न सकेको छैन। युवाको विदेश पलायन, संविधानमा समानुपातिक प्रतिनिधित्वको अभाव र अल्पसंख्यक समुदायको न्यून सहभागिताले असन्तुष्टि बढाएको उनको भनाइ थियो।

विप्लवले माओवादीको रूपान्तरण जनताको हितमा रहने बताउँदै नेपाली विशेषतायुक्त समाजवादी गणतन्त्र आवश्यक रहेको धारणा राखे।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश