झापाबाट १,६३६ किलो गाँजासहित दुई जना पक्राउ

Logo
जय कामत प्रकाशित शनिबार, चैत्र ०८, २०८१

विराटनगर – प्रहरीले झापा जिल्लाबाट ठूलो परिमाणको लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

शुक्रबार सशस्त्र प्रहरीले मेची राजमार्गअन्तर्गत बुद्धशान्ति गाउँपालिका–४ खण्डमा चेकजाँच गर्ने क्रममा दुईवटा ट्रक नियन्त्रणमा लिएको हो। इलामबाट झापातर्फ जाँदै गरेका को १ ख ५००१प्र १–०२–००२ ख ०५८४ नम्बरका मिनी ट्रकहरूबाट ५७ वटा बोरामा राखिएको १,६३६ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

गाँजा ओसारपसारमा संलग्न रहेको आशंकामा धनकुटा जिल्लाको शहीदभूमि नगरपालिका–४ निवासी महेश राई र इलामको माइजोगाई गाउँपालिका–२ निवासी ३७ वर्षीय गंगाबहादुर बस्नेत पक्राउ परेका छन्। उनीहरूको साथबाट नेपाली रुपैयाँ ८७,८८० नगद र ५ थान मोबाइल सेट समेत बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश