माओवादी नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्छ: उपमहासचिव शर्मा

Logo
जय कामत प्रकाशित मंगलबार, चैत्र ११, २०८१

विराटनगर – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ले माओवादी नेताहरूको सम्पत्ति छानबिन गर्न आवश्यक रहेको बताएका छन्। उनले पार्टी नेतृत्वको पारदर्शिता बढाउन केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने धारणा राखे।

धरानमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले माओवादी नेताहरू गाउँ-गाउँ पुग्न नसक्दा पार्टी कमजोर हुँदै गएको टिप्पणी गरे। उनले जनताको एजेन्डा लिएर गाउँ फर्किनु जरुरी रहेको भन्दै माओवादी केन्द्रको सांगठनिक पुनर्गठनको आवश्यकता औंल्याए।

शर्माले पार्टी नेताहरूको सम्पत्ति छानबिन गर्न केन्द्रीय कमिटी बैठकमा स्वतन्त्र छानबिन आयोग गठन गर्ने प्रस्ताव राखेको जानकारी दिए। उनका अनुसार, पहिला पार्टी पदाधिकारीहरूको सम्पत्ति छानबिन गरिने र त्यसपछि अन्य नेता-कार्यकर्ताको सम्पत्तिबारे सत्यतथ्य बाहिर ल्याइनेछ।

माओवादी केन्द्रले हाल ‘जनतासँग माओवादी’ अभियान सञ्चालन गरिरहेको बताउँदै शर्माले सुशासन कायम गर्न बेरोजगारी अन्त्य गर्नुपर्नेमा जोड दिए। स्वास्थ्य, शिक्षा, यातायातको विकास गर्दै गाउँमै स्वरोजगार उद्यमहरू सुरु गर्ने नीति आवश्यक रहेको उनको भनाइ छ। उनले कम्तीमा मासिक रु. ३०,००० आम्दानी हुने स्वरोजगार कार्यक्रम अघि बढाउनुपर्ने धारणा राखे।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश