इटहरीको सेन्टर प्लाजामा भीषण आगलागी, उद्धार कार्य जारी

Logo
जय कामत प्रकाशित बुधबार, चैत्र १२, २०८१

विराटनगर – इटहरी उपमहानगरपालिका–६ मा रहेको सेन्टर प्लाजा व्यापारिक भवनमा भीषण आगलागी भएको छ। प्रहरीका अनुसार १० तलाको भनिएको उक्त भवनको पाँचौं तलाबाट आगलागी सुरु भएको हो।

प्रहरीका अनुसार आगलागी होटल वरन्डाबाट सुरु भएको बताइएको छ। आगलागीपछि माथिल्लो तलामा रहेका व्यक्तिहरू त्रसित अवस्थामा उद्धारको प्रतीक्षामा छन्। स्थानीयका अनुसार उक्त भवन ७ तलाको मात्र रहेको भए पनि प्रहरी स्रोतले भने भवन १० तलाको रहेको बताएको छ।

आगो नियन्त्रणका लागि विभिन्न स्थानबाट दमकल परिचालन गरिएको छ भने स्थानीयवासी तथा सुरक्षाकर्मीहरूले समेत नियन्त्रणको प्रयास गरिरहेका छन्। आगलागी बिहान करिब ९:४५ बजे सुरु भएको बताइएको छ। यद्यपि, आगलागीको कारण हालसम्म खुल्न सकेको छैन।

अहिलेसम्म कुनै ठूलो मानवीय क्षति भएको विवरण प्राप्त नभए पनि आगो नियन्त्रणमा लिन नसकिए ठूलो क्षति हुन सक्ने प्रहरीको अनुमान छ। उद्धार तथा नियन्त्रणका लागि प्रयास जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | sushantkhabar@gmail.com
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
sushantkhabar@gmail.com
बिराटनगर मोरङ , कोशी प्रदेश