

विराटनगर – प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्षीय दलहरूको बैठक शुरू भएको छ। मंगलबार बसेको बैठक जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भएपछि स्थगित गरिएको थियो। त्यसपछि बैठक बुधबार पुनः बसेको हो।
बालुवाटार स्रोतका अनुसार बैठकमा समसामयिक राजनीति, संसद्मा अड्किएका विधेयकलगायतका विषयमा छलफल भइरहेको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा एमाले, नेपाली कांग्रेस, जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी भएका छन्। बैठकबाट महत्वपूर्ण राजनीतिक निर्णयहरू आउन सक्ने अनुमान गरिएको छ।