इटहरीको सेन्टर प्लाजामा भीषण आगलागी, ११ जनाको उद्धार

Logo
दिलिप कुमार राजबंशी प्रकाशित बुधबार, चैत्र १२, २०८१

विराटनगर । इटहरीको मुख्य बजारमा रहेको सेन्टर प्लाजा व्यापारिक भवनमा आज बिहान भीषण आगलागी भएको छ। बिहान करिब ९:४५ बजे सुरु भएको आगलागी अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, र स्थानीयबासीको सहयोगमा उद्धार कार्य जारी छ। कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीका अनुसार हालसम्म ११ जनाको सफल उद्धार गरिएको छ, जसमा तीन महिला र आठ पुरुष छन्।

आगो निभाउन विभिन्न स्थानीय तहबाट १२ दमकल प्रयोग गरिएको छ। सेन्टर प्लाजामा होटल, बैंक, र अन्य व्यवसाय सञ्चालनमा रहेकाले आगलागीका कारण ठूलो क्षति भएको अनुमान गरिएको छ। आगलागीको कारण विद्युत सर्ट वा ग्यास लिक भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

उद्धार कार्यलाई सहज बनाउन गृह मन्त्रालयको निर्देशनमा नेपाली सेनाको हेलिकप्टर परिचालित गरिएको छ। सुरक्षाकर्मी र दमकल टोली आगलागी नियन्त्रणका लागि लगातार खटिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश