

विराटनगर । विराटनगरसँग जोडिएको जोगवनी नाकामा प्रहरीले कडाइ गरेपछि विहलचेयर मार्फत सामान ओसारपसार गर्ने व्यक्तिहरू विरोधमा उत्रिएका छन्। उनीहरूले आफूहरूलाई घरायसी सामग्री ल्याएर जीविकोपार्जन गर्न दिनुपर्ने माग गरेका छन्।
प्रहरीले भने सीमामा अवैध सामानको ओसारपसार बढेको भन्दै नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको जनाएको छ। विशेष क्षमता भएका व्यक्तिहरूले सीमित मात्रामा मात्र सामान ओसारपसार गर्ने दाबी गरे पनि, प्रहरीले उनीहरूले क्षमताभन्दा बढी सामान ल्याउने गरेको दाबी गरेको छ।
सीमा क्षेत्रमा कडाइ भएपछि आफ्नो दैनिकी चलाउन कठिन भएको भन्दै विरोधमा उत्रिएका व्यक्तिहरूले प्रदर्शन गरेका छन्। उनीहरूले सरकारले रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्ने वा व्यापारलाई सहज बनाउने नीतिहरू ल्याउनुपर्ने माग गरेका छन्।
सीमामा अवैध रूपमा सामान ओसारपसार गर्ने क्रम बढेको भन्दै प्रहरीले पछिल्ला दिनमा निगरानी कडा पारेको छ।
सीमापार ब्यापारमा आश्रित व्यक्तिहरूले भने, प्रहरीले अनावश्यक रूपमा हस्तक्षेप गरेको आरोप लगाएका छन्। “हामी आफ्नो परिवार पाल्न आवश्यक सामग्री मात्र ल्याउँछौँ, तर प्रहरीले बिना कारण अवरोध पुर्याइरहेको छ,” एक प्रदर्शनकारीले भने।