

विराटनगर । समाजसेवी महाबीर पुनको आत्मकथा बिक्री अभियान आज बिराटनगरमा बिहान ११:३० बजेदेखि महेन्द्र चोकमा सुरु हुने भएको छ।
पुनले आफ्नो आत्मकथा विभिन्न स्थानमा प्रत्यक्ष रूपमा बिक्री गर्दै आएका छन्, र यसपटक मोरङ जिल्लाका पाठकहरूलाई पुस्तक किन्न आग्रह गरेका छन्। उनले पुस्तक बिक्री अभियानमा सहयोग गर्न इच्छुकहरूलाई समेत आमन्त्रण गरेका छन्।
यस अवसरमा पुनले आफ्नो पुस्तक बिक्री अभियानको उद्देश्यबारे जानकारी दिँदै आत्मकथाबाट प्राप्त आम्दानी सामाजिक कार्यका लागि खर्च गरिने बताएका छन्।