राजावादी आन्दोलनमा उत्तेजना फैलाउने पुष्कर खतिवडा पक्राउ

Logo
सुमित कुमार गौतम प्रकाशित शनिबार, चैत्र १५, २०८१

विराटनगर । आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ परेका छन्। शुक्रबार भएको राजावादी आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई इमाडोलस्थित एक घरमा लुकेको अवस्थामा पक्राउ गरेको हो। खतिवडाले प्रहरीमाथि ढुङ्गा हानिरहेको र प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न उक्साइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

यसअघि पनि भीआईपीको मृत्युको कामना गर्दै यज्ञ सञ्चालन गरेपछि खतिवडालाई प्रहरीले पक्राउ गरेको थियो। झापाको बुद्धशान्ति घर भई मण्डिखाटार बस्दै आएका २८ वर्षीय खतिवडाले साउन ११ मा फेसबुक लाइभ गर्दै नेताहरूको मृत्युको कामना गरेर महायज्ञ आयोजना गर्ने आह्वान गरेका थिए। प्रहरीले उनलाई साउन १४ गते यज्ञ गरिरहेको अवस्थामा पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश