सविन महर्जनको हत्या प्रकरण : सरकारमाथि गणतन्त्र कमजोर बनाएको आरोप

Logo
सुमित कुमार गौतम प्रकाशित सोमबार, चैत्र १७, २०८१

विराटनगर । शुक्रबार तिनकुनेमा भएको प्रहरी र राजाबादी बिचको झडपमा गोली लागेर सविन महर्जनको मृत्यु भएपछि सरकारमाथि तीव्र आलोचना भइरहेको छ। महर्जन कुनै भागदौडमा नरहेको, प्रहरीहरूलाई टाढैबाट हेरिरहेका बेला उनलाई गोली लागेको भिडियो फुटेज सार्वजनिक भएपछि सर्वसाधारण र राजनीतिक वृत्तमा आक्रोश फैलिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश कार्कीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। साथै, उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्रको सबैभन्दा ठूलो विरोधीको रूपमा चित्रित गर्दै, उनको नेतृत्वमा गणतन्त्रलाई कमजोर बनाउन सरकार नै तल्लिन रहेको आरोप लगाएका छन्।

कार्कीले पूर्वराजा फर्काउने अभियानमा संलग्न जगमान गुरूङको स्थान ओलीले लिनुपर्ने व्यंग्य गर्दै भनेका छन्, “गणतन्त्रको सबैभन्दा ठूलो विरोधी व्यक्ति नै अहिले प्रधानमन्त्री भएर बसेका छन्।”

सार्वजनिक भएको भिडियोमा महर्जन कुनै अस्वाभाविक गतिविधिमा नरहेको स्पष्ट देखिन्छ, तर तैपनि गोली चलाइएकाले आम जनतामाझ प्रश्न उठेको छ। सरकारको चरम आलोचना भइरहेको बेला दोषीमाथि कारबाहीको माग चुलिएको छ।

यस घटनाले राजनीतिक वृत्तमा ठूलो हलचल मच्चाएको छ भने नागरिक समाज र विभिन्न दलहरूले सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | sushantkhabar@gmail.com
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
sushantkhabar@gmail.com
बिराटनगर मोरङ , कोशी प्रदेश