नेपालमै केही गर्ने सपना बोकेका हटिया युवाहरू

Logo
दिलिप कुमार राजबंशी प्रकाशित शनिबार, चैत्र २२, २०८१

जहदा, मोरङ |देशमा युवाहरू विदेशिने क्रम दिनप्रतिदिन तीव्र हुँदै गइरहेको अवस्थामा मोरङका केही युवाहरू भने आफ्नै गाउँ–ठाउँको हाटबजारलाई रोजगारी र आत्मनिर्भरताको माध्यम बनाइरहेका छन्। जहदा–३ स्थित बभन्टोली टोलमा लाग्ने साप्ताहिक हाटबजार त्यसको उदाहरण बनेको छ।

स्थानीय देबु मलाहाले आफ्नो सम्पूर्ण जीवन यही हाटबजारमा बिताएका छन्। उनले आफ्ना पिता बाटै प्रेरणा लिएर तरकारी व्यापारलाई निरन्तरता दिइरहेका छन्। अहिले उनकी छोरीले पनि यही पेसा अँगालेकी छन्।
“बाबुबाट प्रेरणा पाएँ, अनि यो पेशा केवल व्यापार नभई आत्मनिर्भरता पनि हो भन्ने महसुस गरेँ,” देबु मलाहाकी छोरी बताउँछिन्।

उनी स्थानीय तहबाट पूँजी तथा सहुलियत ऋणको व्यवस्था भएको भए व्यापार अझै सशक्त बनाउन सकिने विश्वास राख्छिन्।
“साना किसान तथा व्यवसायीलाई सस्तो ऋण वा थोरै सहयोग मिल्यो भने हामीले पनि ठूलो फाइदा लिन सक्छौं,” उउनको भनाइ छ।

यसैगरी, कटहरी गाउँपालिका–२ कोइरीटोल निवासी किशन सिंह पनि तरकारी व्यवसायमा लागेका युवा हुन्। उनी करिब ७ किलोमिटर टाढाको हाटबजारमा आफ्ना बाबुलाई सघाउन पुग्छन् र हप्तामा तीनवटा हाटबजारमा तरकारी बेच्ने गर्छन्। एक हाटबजारबाट उनी रु २ देखि ३ हजार आम्दानी गर्ने गर्छन्।

“विदेश त म पनि जान सक्छु, तर एक लाख मासिक आम्दानी नपाएसम्म जान्न। बरु बाबुजस्तै इमान्दार मेहनत गरेर नेपालमै बस्न मन छ,” उनले गर्वका साथ भने।

यी प्रेरणादायी उदाहरणहरूले देखाउँछन् कि उचित सहयोग र दृढ इच्छाशक्तिले आफ्नै गाउँघरमा पनि सफल तथा आत्मनिर्भर जीवन यापन गर्न सकिन्छ। सरकारी तथा स्थानीय निकायले यस्ता युवाहरूलाई प्रोत्साहन गरेमा वैदेशिक रोजगारीको विकल्पस्वरूप स्वदेशमै स्थायी समाधान सम्भव देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | sushantkhabar@gmail.com
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
sushantkhabar@gmail.com
बिराटनगर मोरङ , कोशी प्रदेश