बिराटनगर नापी कार्यालयमा नक्सा लिन घण्टौं पर्खनुपर्ने बाध्यता

Logo
सुमित कुमार गौतम प्रकाशित सोमबार, चैत्र २४, २०८१

विराटनगर । बिराटनगरस्थित नापी कार्यालयमा नक्सा वा कित्ता विवरण लिन सेवाग्राहीहरूलाई दुई देखि तीन घण्टा कुर्नुपर्ने अवस्था छ। कार्यालयमा दुई वटा काउन्टर भए पनि हाल एक मात्र काउन्टर सञ्चालनमा रहेको छ, जसका कारण सेवाग्राहीहरू लामो समयसम्म लाइनमा बस्न बाध्य छन्।

एउटा नक्सा लिन दिनभरी बस्नुपर्ने र दैनिक कामकाज छाडेर कार्यालय धाउने सेवाग्राहीहरूले सरकारी सेवा सहज हुने अपेक्षा राखे पनि अवस्था अझै जटिल रहेको बताउँछन्।

कार्यालयमा डिजिटल काउन्टर बोर्ड भए पनि हाल कार्यान्वयनमा छैन। सेवाग्राहीहरूलाई हातमै टोकन नम्बर लेखेर दिने गरिएको छ, जसले झन् अव्यवस्था र अन्योलता बढाएको छ।

दैनिक सयौं सेवाग्राहीहरू आउने नापी कार्यालयमा सेवा प्रवाह प्रभावकारी नहुँदा सर्वसाधारण मर्कामा परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश