

चौर्चन भारत र नेपालको मिथिला क्षेत्रको विशेष चाड हो।
नेपालमा हिजो भारतमा आज मनाउने भएको हो ।
मिथिला कल्चर अनुसार विवाहित महिलाहरूको लागि यो एक महत्त्वपूर्ण व्रत हो। यसलाई चारचन पबनी, चौथ चन्द वा चौथचन्द्र वा चोरचन पूजा पनि भनिन्छ।
यो भगवान गणेश र चन्द्र देव को समर्पित छ। यसको धार्मिक महत्व धेरै छ ।
यस दिन विवाहित महिलाले व्रत बस्छन् ।
यस दिन गणेश चतुर्थी व्रत पनि मनाइन्छ । भगवान गणेशसँगै भगवान विष्णु, पार्वती र चन्द्रमाको पनि पूजा गरिन्छ । यस दिन चन्द्रदेव चन्द्रदेवलाई अर्घ्य दिएपछि चोरचन पूजाको कथा पनि सुनिन्छ ।
चौर्चन पूजामा दिनभर व्रत बस्ने गरिन्छ । मिथिलाका विवाहित महिलाले गाईको गोबरले घरको आँगन सफा गर्छन् । त्यसपछि काँचो चामलको पिठार र सिन्दुर लगाएर पूजा गर्ने ठाउँमा केही स्थान्यि धार्मिक चित्र कोरिन्छन् । आँगनमा केराका ठूला पातहरूमा विभिन्न प्रकारका परिकार, खीर, मिठाई, फलफूल, दही सजाएर राखिन्छ । त्यसपछि साँझ व्रत बस्ने महिलाहरूले पश्चिमतर्फ फर्केर भगवान चन्द्रमालाई अर्घ्य अर्पण गर्छन् । एक एक गरी मिठाई, परिकार, दही, केरा, फलफूल आदिको कचौरा हातमा राखेर मन्त्र जप गरी चन्द्रमालाई अर्पण गरिन्छ । चन्द्रदेवलाइ अर्पन गराएर घरका बिवाहित पुरुसहरुले मरर खोट्ने चलनपनि छ। मरर खोटिसकेपछी घरका सम्पुर्ण सदस्यहरुले प्रसाद सोरुप मरर खाने चलन छ ।