रानी भन्सार क्षेत्रमा आकाशे पुल तथा स्वागत द्वार निर्माण कार्यलाई सरोकारवाला निकायले ध्यान दिन नकस्दा

Logo
सुशान्त खबर प्रकाशित सोमबार, आश्विन १५, २०८०

विराटनगर। सिमावर्ती क्षेत्र विराटनगर रानी भन्सार क्षेत्रमा आकाशे पुल तथा स्वागत द्वार निर्माण गर्ने कामलाई निरन्तरता दिने तर्फ सरोकारवाला निकायले ध्यान दिन सकेको छैन। जसले गर्द त्यहाँ भद्रगोल भएको छ।

७ करोड ७६ लाख ४८ हजार ८४२ रुपैया ९९ पैसा मु. अ. कर बाहेक लगायत अनुमान रहेकोमा निर्माण व्यवसायीले ६ करोड २५ लाख २४ हजार ९४४ रुपैयाँ ८४ पैसा मु.अ.कर बाहेक सम्पन्न गर्ने सम्झोता गरि काम सुरु गरे पछि उक्त कामलाई निरन्तरता दिएको छैन। निर्माण व्यवसायी हावी टयाट आशिशदिप जे. भी. भद्रपुर ४ झापा ले २०८१ /११ /२५ सम्म सम्पन्न गर्ने गरि १ करोड १५ लाख जति पेस्की रकम लिए पनि उक्त पेस्की रकम अनुसार काम गर्नु पर्नेमा सो अनुसार काम हुन् नसकेको आशंका गर्न थालिएको छ।

जोगवनी देखि नेपाल प्रवेश बाटोको एक तर्फ खाल्डो खनेर रडको पिल्लर माटो मुनि गाड्ने काम भने केहि सम्पन्न भएको छ भने केहि काम बाँकि रहेको छ। आकाशे पुल तथा स्वागत द्वार निर्मण गर्ने कोशी प्रदेश सरकारको ७० प्रतिसत विराटनगर महानगर पालिका को २५ प्रतिसत र उद्योग संगठन मोरङ ५ प्रतिसत लगानी रहेको छ।

निर्माण व्यवसायीले पहिलो चरणमा काम गरेको हुँदा सो काम बापतको रकम मांग गर्ने काम शहरी विकास कार्यालय कोशी प्रदेश विराटनगर भएको छ। निर्माण  व्यवसायीले थप मांग गरेको रकम कार्यालयले उपलब्ध गर्ने तर्फ काम भई रहेको हुँदा छिटै काम सुरु हुने कुरा सुचना अधिकृत प्रदिप घिमिरेले बतानुभयो।

आकाशे पुल तथा सवागत द्वार निर्माण तर्फ अन्य साझेदारी संस्था महानगर पालिका र उद्योग संगठन मोरङ पनि ध्यान दिनुपर्नेमा ध्यान दिन नसक्दा काम गुणस्तरीय हने कुरामा आशंका व्यक्त गर्न थालिएको छ। निर्माण कर्ता बनेको सडक भत्काई निकालेको माटो व्यवस्थित नगर्दा सर्वसाधारणलाई असहज भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश